sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

राष्ट्र बैंकको निर्देशन- थोरै कर्मचारीबाट काम गराउनु

राष्ट्र बैंकको निर्देशन- थोरै कर्मचारीबाट काम गराउनु

सूत्र न्यूज

१९ बैशाख २०७८
  • 132
    SHARES
  • राष्ट्र बैंकको निर्देशन- थोरै कर्मचारीबाट काम गराउनु

    काठमाडौं- नेपाल राष्ट्र बैंकले कोरोना महामारीको जोखिमलाई ध्यान दिँदै सचेत भएर सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

    नयाँ भेरियन्टको कोरोना भाइरसको जोखिम उच्च रहेकोले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै सेवा प्रवाह गर्न आग्रह गरिएको छ ।

    उपलब्ध सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै ‘वर्क फ्रम होम’ र ‘रिमोट एक्सेस’ को प्रयोग गर्न नेपाल राष्ट्र बैंकले निर्देशन भनेको छ ।

    त्यस्तै निषेधाज्ञा रहेका स्थानका कार्यालयका हकमा २० प्रतिशतभन्दा कम कर्मचारी उपस्थित भई कार्यसम्पादन गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । आफ्नो व्यवसायीका कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई नहुने कामका लागि मात्रै कर्मचारी खटाउन भनिएको छ ।

    विभिन्न निकायबाट जारी हुने निषेधाज्ञाको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा सेवा सञ्चालन गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

    images

    प्रकाशित :बैशाख १९, २०७८ आइतवार - १७:०२:४९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.