नयाँ सरकार गठनको माग गर्दै लुम्बिनी प्रदेशसभाका ४२ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षरसहितको पत्र-Sutra News

नयाँ सरकार गठनको माग गर्दै लुम्बिनी प्रदेशसभाका ४२ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षरसहितको पत्र

आइतबार, १९ बैशाख २०७८

आइतबार, १९ बैशाख २०७८

काठमाडौं- लुम्बिनी प्रदेशका ४२ जना सांसदले नयाँ सरकारको माग गर्दै प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष प्रस्ताव पेश गरेका छन् । नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन उनीहरुकाे प्रस्ताव छ ।



शंकर पोखरेललाई मुख्यमन्त्रीका रुपमा शपथ नगराउनसमेत उनीहरुले भनेक छन् । पोखरेलले बहुमत गुमाइसकेकोले उनलाई शपथ गराउन नमिल्ने उनीहरूको तर्क छ ।

आज विहान राजीनामा दिएका पोखरेललाई मध्यान्ह प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा पुनः नियुक्ति गरेका थिए ।

यस अघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश प्रमुखलाई भेटेर पोखरेलले बहुमत गुमाएको जानकारी दिए पनि उनलाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको थियो । 

pradesh..jpg

lumbini..jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट