पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण-Sutra News

पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण

आइतबार, १९ बैशाख २०७८

आइतबार, १९ बैशाख २०७८

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार उनले आफू र श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।



‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड-१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य छ र हामी निवासमा नै आराम गरिरहेका छौँ,’ उनले लेखेका छन् ।

180657009_4220599814624981_1863359570595068632_n.jpg

त्यस्तै आफूहरूको सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन भनेका छन् । ‘यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ,’ उनले थप लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट