स्वास्थ्य मन्त्रालयले भन्यो- बिदामा रहेका स्वास्थ्यकर्मी फर्किनुहोस्-Sutra News

स्वास्थ्य मन्त्रालयले भन्यो- बिदामा रहेका स्वास्थ्यकर्मी फर्किनुहोस्

आइतबार, १९ बैशाख २०७८

आइतबार, १९ बैशाख २०७८

काठमाडौं- स्वास्थ्य मन्त्रालयले अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर हुन निर्देशन दिएको छ ।



आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले चिकित्सा विधामा अध्ययनरत विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजले उपचार व्यवस्थापनमा लगाउनुपर्ने समेत निर्देशन छ ।

विदेश जानेको लागि पीसीआर गर्ने हकमा सरकारी प्रयोगशाला र न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित ए वर्गका प्रयोगशालाले परीक्षण गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । 

health2.webp

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट