काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।
उनले मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा मन्त्रीहरुसमक्ष आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेको पनि मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ ।