लुम्बिनी प्रदेशकोे घटना अलोकतान्त्रिक: सभापति देउवा-Sutra News

लुम्बिनी प्रदेशकोे घटना अलोकतान्त्रिक: सभापति देउवा

आइतबार, १९ बैशाख २०७८

आइतबार, १९ बैशाख २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जनाएका छन् । साथै उनले सो घटनाले संविधानको उल्लङ्घन भएको आरोपसमेत लगाएका छन् ।



सभापति देउवाले आज विज्ञप्तिमार्फत नेकपा (एमाले) ले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको जिकीर गर्दै पुनःमुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसङ्गत नभएको आरोप लगाएका छन् ।

नेपालको संविधानबमोजिम संसद्मा अविश्वास प्रस्तावको प्रक्रिया अघिबढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपु¥याई राजीनामा गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु संविधान एवं संसदीय मूल्य-मान्यता, विधि र पद्धतिको ठाडो उल्लङ्घन भएको सभापति देउवाको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट