धनगढीमा कोरोनाबाट थप चारको मृत्यु-Sutra News

धनगढीमा कोरोनाबाट थप चारको मृत्यु

सोमबार, २० बैशाख २०७८

सोमबार, २० बैशाख २०७८

टीकापुर- कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।



कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका-१ का ३८ वर्षीय पुरुष र लम्किचुहा-१० की ३५ वर्षीया महिला छन् । ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

त्यस्तै धनगढी उपमहानगरपालिका-२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा अज बिहान ५ बजेका समयमा मृत्यु भएको जोशीले जानकारी दिए । सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका-७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट