काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी गराएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा शर्मा लेख्नछन् ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी क्स्टार हस्पिटल पुगेर स्वाब दिए । बिहानिपख रिपोर्ट आयो पोजेटिभ ।’
टेकुझका डा.अनुप बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन सुरु गरेको पनि उनले बताएका छन् । शर्मा डेरामै आइसोलेसनमा बसेका छन् । लक्षणले च्यापे पनि मनोबल उच्च रहेको उनको भनाइ छ ।
प्रवक्ता शर्माले सबैलाई सजग रहन आग्रहसमेत गरेका छन् ।