मलामी गएका ३१ जनामा काेराेना संक्रमण, गाउँभरि त्रास-Sutra News

मलामी गएका ३१ जनामा काेराेना संक्रमण, गाउँभरि त्रास

सोमबार, २० बैशाख २०७८

सोमबार, २० बैशाख २०७८

महोत्तरी- गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना संक्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।



जिल्लाको मनरासिस्वा नगरपालिका-९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको संक्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

मलामीमा गएका ६०/७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट