काठमाडौंबाट संक्रमितलाई उपचारार्थ पुर्याइयो झापाको बिएण्डसी-Sutra News

काठमाडौंबाट संक्रमितलाई उपचारार्थ पुर्याइयो झापाको बिएण्डसी

सोमबार, २० बैशाख २०७८

सोमबार, २० बैशाख २०७८

काठमाडौं- काठमाडौंका अस्पतालमा कोभिड-१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजानेक्रम जारी छ । कारोना महामारीको पहिलो चरणमा काठमाडौं उपत्यका बाहिरका बिरामीलाई ‘हवाई बेड लिफ्ट’ गरी उपचारार्थ यहाँ ल्याइने गरिन्थ्यो ।



यसक्रममा झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज अपराह्न काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना संक्रमित बिरामीलाई थप उपचारार्थ हेलिकप्टर मार्फत ‘बेड सिफ्ट’ गरिएको छ ।

काठमाडौंका अस्पतालमा भेन्टिलेटर सहितको आइसियू शैय्या नपाएपछि झापा कमल गाउँपालिका वडा-५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल लगिएको बताइएको छ ।

यही वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापाकै कोरोना संक्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटर सहित आइसियू अभाव भएपछि काठमाडौंबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको थियो छ ।

हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । उनका अनुसार काठमाडौंका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटर सहित आइसियूको अभाव भएपछि बिएण्डसीमा सम्पर्क गर्नेक्रम निरन्तर जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट