काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपषिद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । बैठक अपराह्न चार बजे बस्देछ ।
कोरोना महामारी नियन्त्रणमा भइरहेको काम र आगामी रणनीतिबारे मन्त्रालयगत समीक्षा बैठकमा हुने बताइएको छ ।
मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । साे बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी गराएका थिए ।