२७ गतेको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई संसद् सचिवालयको अनुरोध-Sutra News

२७ गतेको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई संसद् सचिवालयको अनुरोध

सोमबार, २० बैशाख २०७८

सोमबार, २० बैशाख २०७८

काठमाडौं- संघीय संसद सचिवालयले आगामी वैशाख २७ गते १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सहभागी हुन प्रतिनिधिसभाका सदस्यहरूलाई अनुरोध गरेको छ ।



संघीय संसद प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सोमबार अधिवेशन आह्वानसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

उक्त सूचनामा सम्माननीय राष्ट्पति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट पार्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि आह्वान गरेको बैठकमा उपस्थित हुन प्रतिनिधिसभाका सांसदहरूलाई सूचित गराइएको छ ।

parliment (1).jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट