काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । प्रधानमन्त्री ओलीले सोमबार देशवासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए । उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए ।
उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको ओलीले बताए । ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए ।
उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए । यस्तै नेपाल भारतबीचको १३ नाका मात्रै सञ्चालन ल्याइएको पनि ओलीले बताए ।