काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरूको अनिवार्य रूपमा कोरोना भाइरस परीक्षण गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार देशवासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइकाे छ । नेपाली नागरिकहरूलाई चेकजाँच गरेर मात्र नेपाल आउन दिने र संक्रमितको उपचार गरिने व्यवस्था गरिएकाे छ ।’
उनले सीमा नाका थप कडाइ गर्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन् ।