काठमाडौं- सरकारले सुदूरपश्चिम र गण्डकी प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले यस्तो सिफारिस गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठी र गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए ।
सो प्रदेशका प्रमुखहरू माओवादी केन्द्रनिकटका हुन् । मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिममा गंगाप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई नियुक्तको सिफारिस गरेको पनि ती सदस्यले जानकारी दिए ।
प्रधानमन्त्री ओली देशवासीको नाममा सम्बोधन गरेर साे बैठकमा सहभागी भएका थिए ।