कोरोना ग्राफ उकालो लाग्नेक्रम रोकिएन, ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु-Sutra News

कोरोना ग्राफ उकालो लाग्नेक्रम रोकिएन, ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु

सोमबार, २० बैशाख २०७८

सोमबार, २० बैशाख २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार चार सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा ३७ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।



१६ हजार ६ सय ५८ जनाको पीसीआर र ५ सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७ हजार ३ हजार ८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ४ हजार १८ पुगेको छ । यही अवधिमा थप २ हजार २१ जना निको भएका छन् । हालसम्म २८ हजार ६ सय १५ जना निको भएका छन् ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट