चितवन- नदीमा बेपत्ता भएको चार दिनपछि एकजनाको शव फेला परेको छ ।
भरतपुर महानगरपालिका-१ स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव आज फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका-४ घर भई भरतपुर महानगरपालिका-१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष भन्ने चामबहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
ठिमुरास्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता उनको घटनास्थलबाट ६०० मिटर नारायणगढतर्फ शव फेला परेको हो ।