कोरोनालाई जितेका मदनकृष्णको सन्देश, भाइरस निकै कडा रहेछ, सचेत बनौं-Sutra News

कोरोनालाई जितेका मदनकृष्णको सन्देश, भाइरस निकै कडा रहेछ, सचेत बनौं

सोमबार, २० बैशाख २०७८

सोमबार, २० बैशाख २०७८

काठमाडौं- वरिष्ठ कलाकार मनदकृष्ण श्रेष्ठले कोरोना भाइरसप्रति संवेदनशील बन्न आग्रह गरेका छन् । ८ दिनको अस्पताल बसाइपछि कोरोना संक्रमणमुक्त भएर घर फर्किएका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सामग्री पोस्ट गर्दै यस्तो आग्रह गरेका हुन् ।



उनले पछिल्लो समय कोरोनाको संक्रमण निकै कडा रहेको बताउँदै यसँसग सचेत रहन आग्रह गरेका छन् । मास्कको अनिवार्य प्रयोग गर्न र साबुन-पानीले हात धुनसमेत उनले आग्रह गरेका छन् ।

आफ्नो परिवारका पाँचैजना सदस्य कोरोनाले थलिएकाले हेरचाहमा कठिन भएको बताउँदै निको भएकोमा भाग्यमानी महसुस गरेको बताए । उनले महामारीको बेला एकापसमा सहयोग गर्न आग्रह गर्दै सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट