पाल्पामा दुईजना कोरोना संक्रमितको मृत्यु -Sutra News

पाल्पामा दुईजना कोरोना संक्रमितको मृत्यु 

सोमबार, २० बैशाख २०७८

सोमबार, २० बैशाख २०७८

बुटवल- पाल्पामा पछिल्लो २४ घण्टामा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७३ जना नयाँ संक्रमित थपिएका छन् । आइतबा बेलुकी रम्भा गाउँपालिका-३ पिपलडाँडाका ७८ वर्षीय पुरुष र रामपुर नगरपालिका-१० गेझाका ५७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।



पाल्पामा एकै दिन ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार कोरोना संक्रमणको दोस्रो लहर सुरु भए देखिकै सबै भन्दा बढी संक्रमित भेटिएका हुन् । जिल्लामा ९७ जनामा परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी पन्थीले जानकारी दिए ।

संक्रमित हुनेहरुमा तानसेनका ४८ जना, निस्दी, तिनाउ र रामपुरका २/२ जना, बगनासकाली र पूर्वखोलाका ५र५ जना, रैनादेबी छहरा र रम्भाका १/१ जना, रिब्दीकोटका ४ जना र माथागढीका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ४ सय ८४ पुगेको छ भने कोरोना संक्रमणकै कारण ४२ जनाको मृत्यु भएको छ । मृतक दुवै जना पुरुषको मिसन अस्पताल पाल्पामा उपचार गरिएको थियो । मृतक ७८ वर्षीय पुरुषमा मुटु सम्बन्धि समस्या रहेको बताइएको छ ।

७८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो भने अर्का पुरुषलाई मिसन अस्पतालले उपचारपछि घर पठाएको थियो । पाल्पामा ४ सय ३६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट