काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।
सोमबार मन्त्रिपरिषद् बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
उनीहरूलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले सपथ गराएकी हुन् । सपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।