विश्वभर कोरोनाका कारण पर्यटन व्यवसाय सङ्कटमा परिरहेको बेला साङ्घाइमा पर्यटकको लर्को-Sutra News

विश्वभर कोरोनाका कारण पर्यटन व्यवसाय सङ्कटमा परिरहेको बेला साङ्घाइमा पर्यटकको लर्को

सोमबार, २० बैशाख २०७८

सोमबार, २० बैशाख २०७८

साङ्घाइ- विश्वभर कोरोनाका कारण पर्यटन व्यवसाय सङ्कटमा परिरहेको समय चीनको साङ्घाइ सहर र वरपरका क्षेत्रमा ‘श्रमिक दिवस’को पहिलो तीन दिनमा लाखौँ पर्यटकहरू भित्रिएको जानकारी गराइएकोे छ ।



साङ्घाइको पर्यटन तथ्याङ्क अनुसार साङ्घाइका १७० वटा प्रमुख दर्शनीय स्थलमा कुल १६ लाख ६० हजार पर्यटक पुगेका छन् । यो सन् २०२० को सोही अवधिको तुलनामा १६६ प्रतिशतले वृद्धि भएको छ र सन् २०१९ को सोही अवधिको तुलनामा छ प्रतिशतले वृद्धि भएको छ ।

‘श्रमिक दिवस’को अवधिमा, च्याङतिङ, सोनच्याङ, छिङफु, फोनस्येन र नानहुईलगायत पाँच नयाँ क्षेत्रहरुले पर्यटकलाई आकर्षण गर्न विभिन्न किसिमको सांस्कृतिक गतिविधिहरू सुरु गरेका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट