सल्यान- कोरोना संक्रमणबाट सल्यानमा दुई र धरानमा एक संक्रमितके मृत्यु भएको छ । सल्यान अस्पतालमा उपचाररत बागचौर नगरपालिका निवासी ७० वर्षीय एक पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।
अस्पतालले मृतकलाइ अक्सिजन दिएर उपचार गरेपनि उपचारकै क्रममा संक्रमितको ज्यान गएको अस्पतालले जनाएको छ ।
यस्तै अक्सिजनको मात्रा कम भएपछि उपचारका लागि सोमवार सल्यान अस्पताल पुगेका शिद्धकुमाख गाउँपालिका निवासी ३५ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि प्रदेश अस्पताल पठाइएकोमा सोमबार रातीनै ती पुरुषको पनि ज्यान गएको छ ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररर्थ सप्तरीका एक संक्रमितको मंगलबार मृत्यु भएको छ । सप्तकोसी नगरपालिकस्थित श्री रास्ट्रिय माविमा कार्यरत कार्यरत शिक्षकको मृत्यु भएको हो ।
उनलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचापका विरामी उनको विहान ५:५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिए ।