sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

अप्रिलमा भित्रिए सबैभन्दा बढी विदेशी पर्यटक

अप्रिलमा भित्रिए सबैभन्दा बढी विदेशी पर्यटक

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 117
    SHARES
  • अप्रिलमा भित्रिए सबैभन्दा बढी विदेशी पर्यटक

    काठमाडौं- कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि अप्रिल महिनामा विदेशी पर्यटक ठूलो संख्यामा नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार २२ हजारभन्दा बढी पर्यटक भित्रिएका हुन् ।

    एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १ सय ४४ देशबाट २२ हजार ४ सय ५० विदेशी नेपाल भित्रिएका विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्यांकमा उल्लेख छ । त्यसमा नेपाल भित्रिनेमा १७ हजार ५ सय ९४ पुरुष, चार हजार ८ सय १९ महिला र ३७ अन्य नागरिक रहेका छन् ।

    विभागको तथ्यांकअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट भित्रिएका छन् । भारतीय पर्यटक १३ हजार २ सय २ मध्ये ११ हजार ८ सय ४ पुरुष, एक हजार ३ सय ६२ महिला र ३६ जना अन्य नागरिक रहेका छन् ।

    यसैगरी चीनबाट नेपाल भित्रिएका ८ सय ३ पर्यटकमध्ये ६ सय ६५ पुरुष र १ सय ३८ महिला रहेका छन् । गत जनवरीमा आठ हजार ८ सय ७४ र फेब्रुअरीमा नौ हजार १ सय ४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

    यस्तैगरी गत मार्चमा १४ हजार ९ सय ७७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने एक महिनामा १७ हजार ५ सय ७७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । उनीहरुमध्ये १३ हजार ८ सय ४ पुरुष, तीन हजार ७ सय ४७ महिला र २६ जना अन्य नागरिक रहेका छन् ।

    एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका ५८ हजार ४ सय ४९ नेपालीमध्ये ४८ हजार ७ सय ९९ पुरुष, नौ हजार ६ सय ४६ महिला र चार अन्य नागरिक रहेकाछन् भने सोहि विमानस्थलबाट ५१ हजार ७ सय ७५ नेपाली विदेशिएका छन् ।

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १२:५६:१४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.