माओवादी केन्द्रले बोलायो आकस्मिक बैठक-Sutra News

माओवादी केन्द्रले बोलायो आकस्मिक बैठक

मंगलबार, २१ बैशाख २०७८

मंगलबार, २१ बैशाख २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले आकस्मिक रूपमा स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



उनकाअनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने रणनीति भएपछि माओवादी केन्द्रले बैठक बोलाएको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट