काठमाडौं- काठमाडौं उपत्याकाको निषेधाज्ञा वैशाख २९ सम्म थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सो अवधिसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीकाअनुसार फलफूल, तरकारी, खाद्यान्न पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइनेछ भने सवारीसाधन र भीडभाडमा थप कडाइ गरिने निर्णय बैठकले गरेको छ ।
पहिलो चरणमा लगाइएको निषेधाज्ञा भोलि २२ गते राति १२ बजेदेखि सकिँदैछ ।