काठमाडौं- वर्तमान राजनीतिक सन्दर्भमा कांग्रेस पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक जारी छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ३ बजेदेखि बैठक बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा बैठकमा छलफल भइरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग टेलिफोन संवाद गरेका देउवाले आज पदाधिकारीसँग गरेर प्रधानमन्त्रीको विश्वासको मतबारे आवश्यक रणनीति बनाउन लागेका हुन् ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको बैठक पनि बस्दैछ ।
उता जसपाका महन्थ ठाकुर पक्षधरले भने ओलीलाई विश्वासको मत दिने बुझिएको छ । डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले भने विश्वासको मत दिन नहुने बताउँदै आएका छन् ।