काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
केन्द्रले समर्थन फिर्ताको पत्र भोलि संसद सचिवालयलाई बुझाउनेछ ।
नयाँ सत्ता समीकरण बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग भएको छलफल टुंगोमा नपुगेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिन सकेको थिएन ।
प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।