नेपालमा कोरोना ग्राफ उच्च: एकैदिन ७ हजार ६ सय ६० जना संक्रमित, ५५ ले गुमाए ज्यान-Sutra News

नेपालमा कोरोना ग्राफ उच्च: एकैदिन ७ हजार ६ सय ६० जना संक्रमित, ५५ ले गुमाए ज्यान

मंगलबार, २१ बैशाख २०७८

मंगलबार, २१ बैशाख २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ५८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१६ हजार १ सय ३१ जनाको पीसीआर र ५ सय ७१ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

यस अवधिमा एक हजार ७ सय ७५ जना संक्रमित कोरोनामुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या बढेर ५९ हजार ७ सय ९८ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ५५ जनाले ज्यान गुमाएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ४ सय १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट