कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, जसपाको निर्णय आउन बाँकी-Sutra News

कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, जसपाको निर्णय आउन बाँकी

मंगलबार, २१ बैशाख २०७८

मंगलबार, २१ बैशाख २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसदमा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असफल पार्ने निर्णय गरेको छ ।



सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न र ओलीको योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सहमहामन्त्री प्रकाशशरण महतले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको काममा समेत आपत्ति जनाइएको बताए ।

उता माओवादी केन्द्रले पनि प्रधानमन्त्री ओलीको विपक्षमा उभिने निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । फिर्ता लिएको पत्र संसद सचिवालयलाई भोलि (बुधबार) दिने बताएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने विषयमा जनता समाजवादी पार्टी (जसपा) को भने निर्णय आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट