प्रहरी अस्पतालमा अक्सिजन उत्पादन सुरु-Sutra News

प्रहरी अस्पतालमा अक्सिजन उत्पादन सुरु

मंगलबार, २१ बैशाख २०७८

मंगलबार, २१ बैशाख २०७८

काठमाडौं- नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन सुरु गरिएको छ । उक्त अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा ल्याएको हो ।



प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

उनकाअनुसार अस्पतालमा खपद हुनेभन्दा बढी अक्सिजन उत्पादन हुने भएकाले महामारीको समयमा अन्य क्षेत्रमा माग अनुसार अक्सिजन वितरण हुनेछ ।

कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिण्डर फिलिङस्टेशन लगायतका उपकरण राखिएको उक्त सिस्टम ‘युनाइटेड नेशन अफिस फर प्रोजेक्ट सर्भिसेज’ (युएनओपिएस) को सहयोगमा करिब रु तीन करोड लागतमा सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट