कोरोनाबाट काभ्रेमा सातको मृत्यु-Sutra News

कोरोनाबाट काभ्रेमा सातको मृत्यु

मंगलबार, २१ बैशाख २०७८

मंगलबार, २१ बैशाख २०७८

काठमाडौं- कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सातजनाको मृत्यु भएको छ ।



धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) ले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरका ७८ वर्षीय, बनेपाका ४२ वर्षीय र ६२ वर्षीया, पनौती नगरककी ८० वर्षीया, भक्तपुरका ६२ वर्षीया र ६७ वर्षीय तथा महोत्तरी, जलेश्वरका ५० वर्षीया छन् ।

मण्डनदेउपुरका एक पुरुषको काठमाडौंको मेडिसिटी अस्पतालमा आजै मृत्यु भएको छ । पछिल्लो घटना विवरणानुसार कोरोना सङ्क्रमण भएको थाहा नभई घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भई आएकाको अस्पताल आएको एकै दिनमा मृत्यु हुने गरेको केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट