काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट निधन भएकाको शव पशुपति क्षेत्रस्थित वाग्मती किनारमा व्यवस्थापन गरिएको छ ।
कोरोना संक्रमणबाट निधन भएकाको शव आउने क्रम बढेको र विद्युतीय यन्त्रले नभ्याएपछि वाग्मती किनारमा दाउराको सहायताले शव जलाइएको हो ।
शव जलाउन प्रयोग गरिने दाउराको पनि कमी भएको शव व्यवस्थापनमा संलग्नहरूले जानकारी दिएका छन् ।
नेपालमा संक्रमणबाट निधन हुनेहरूको संख्या दिनप्रतिदन बढ्दै गएको छ ।
तस्बिर: रासस