सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा वृद्धि हुँदै गएपछि यही वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइने भएको छ ।
जिल्लाको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकको निर्णयानुसार निषेधाज्ञा बिहीबारदेखि निषेधाज्ञा लगाइने भएको हो ।
यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर- कुबिण्डे र वडा नम्बर ९ कदमबाससहित दुई वडालाई आजदेखि बन्द गरिएको छ ।
ती वडा संक्रमित वृद्धि हुँदै जान थालेपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।