ओलीको दौडधुप बढ्यो, फेरि पुगे राष्ट्रपति भेट्न-Sutra News

ओलीको दौडधुप बढ्यो, फेरि पुगे राष्ट्रपति भेट्न

बिहिबार, २३ बैशाख २०७८

बिहिबार, २३ बैशाख २०७८

काठमाडौं- नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभासभाको निर्वाचनबारे छलफल भएको हो ।



बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रियसभा सदस्यको निर्वाचनका बारेमा छलफल गरेका छौँ र यो निर्वाचनमा नेकपा एमाले जिताउने तयारीका लागि विभिन्न सुझावहरु आएका छन् । सुझाव अनुसार जनप्रतिनिधिहरूसँग कुरा गर्ने र छलफल अगाडि बढाउने छौ । उम्मेदवारका बारेमा पछि छलफल गर्छौ ।’

यस्तै वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका सन्दर्भमा अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका छन् । केही दिनअघि पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट