काठमाडौं- प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
एक मन्त्रीले दिएको जानकारीअनुसार बैठकमा विभिन्न मन्त्रालयका निर्णय, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।
मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका थिए ।
त्यसअघि प्रधानमन्त्री ओलीले आफूनिकट स्थायी कमिटीको बैठक राखेका थिए । २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेका ओलीले त्यसयता राजनीति दौडधुप बढाएका छन् ।