कोरोना संक्रमणबाट बलिउड अभिनेत्री अभिलाषा पाटिलको मृत्यु-Sutra News

कोरोना संक्रमणबाट बलिउड अभिनेत्री अभिलाषा पाटिलको मृत्यु

बिहिबार, २३ बैशाख २०७८

बिहिबार, २३ बैशाख २०७८

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट बलिउड अभिनेत्री अभिलाषा पाटिलको बुधबार राति मुम्बईमा मृत्यु भएको छ ।



अभिलाषासँगै मराठी सिरियल वाप माणुसमा अभिनय गरेका अभिनेता संजय कुलकर्णीले अभिलाषाको मृत्युको पुष्टि गरेका हुन् । अभिलाषाले नितेश तिवारीको निर्देशनमा बनेको छिछोरे फिल्ममा नर्सको भूमिका निभाएकी थिइन् ।

यसबाहेक अक्षयकुमार, करिना कपुर स्टारर गुड न्युज, वरुण धवन, आलिया भट्ट स्टारर बद्रीनाथकी दुल्हनियाजस्ता फिल्ममा अभिनय गरिसकेकी थिइन् । बलिउडबाहेक मराठी फिल्महरुमा पनि अभिलाषाले अभिनय गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट