रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान-Sutra News

रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

बिहिबार, २३ बैशाख २०७८

बिहिबार, २३ बैशाख २०७८

काठमाडौं- वरिष्ठ संगीतकार एवम् गायक प्रेमध्वज प्रधानको बिहीबार निधन भएको छ ।



छातीमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । 

उपचारका क्रममाः बिहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।

उनका भतिज मञ्जुकुमार प्रधानकाअनुसार प्रेमध्वजको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको छ । 

प्रधानले ‘गोरेटो त्यो गाउँको,’ ‘घुम्तीमा नआउ है’, ‘नमान लाज यस्तरी’, ‘पर लैजाउ फूलहरु’, ‘तिमीलाई अचेल कहाँ भेटूँ’ जस्ता लोकप्रिय गीतमा स्वर दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट