प्रधानमन्त्रीलाई थापाले भने- कमिशन विवादले कोरोनाको खोप ल्याउन ढिलाइ गर्ने अपराधीलाई कारबाही गर्ने आँट गर्नुहोस्-Sutra News

प्रधानमन्त्रीलाई थापाले भने- कमिशन विवादले कोरोनाको खोप ल्याउन ढिलाइ गर्ने अपराधीलाई कारबाही गर्ने आँट गर्नुहोस्

बिहिबार, २३ बैशाख २०७८

बिहिबार, २३ बैशाख २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले महामारीका बेला कमिशन विवादले कोरोना भाइरसविरुद्धको खोप ल्याउने कार्य अवरुद्ध हुनु दुर्भाग्य भएको बताएका छन् ।



कमिशन नमिलेकै कारण खोप ल्याउन ढिला भइरहेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला थापाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल ट्वीटर मार्फत् मेन्सन गर्दै ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष थापाले व्यापारीले कमिशन माग गरेर मात्र नभइ कमिशनमा राजनीतिक नेतृत्वले आफ्नो पनि भाग खोजेको हुँदा खोप नआएको भन्ने सार्वजनिक चर्चालाई ट्वीटरमा उल्लेख गरेका छन् । उनले ‘अपराधी’ लाई कारबाही गर्ने आँट गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

‘कोरोना महामारीबाट अकालमा जनताले ज्यान गुमाउनु परिरहेको बेला कमिशन विवादले खोप ल्याउने कार्य अवरुद्ध हुनु दुर्भाग्य हो। व्यापारीले कमिशन मागेर मात्र होइन, त्यो कमिशनमा राजनीतिक नेतृत्वले आफ्नो पनि भाग खोजेको हुँदा खोप नआएको चर्चा छ । अपराधीलाई कारबाही गर्ने आँट गर्नुहोस्,’ थापाले ट्वीटरमा भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट