सिन्धुली- जिल्ला प्रहरी कार्यालयले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अंश मुद्दामा जिल्ला अदालतले फैसला गरिसकेका प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार कमलामाई नगरपालिका-४ निवासी २० वर्षीय रन्जेशविक्रम बुढाथोकी र २४ वर्षीय राजेन्द्रविक्रम बुढाथोकी पक्राउ परेका हुन् ।
उनका अनुसार अंश मुद्दामा अदालतको विसं २०७३ फागुन १ गते गरेको फैसलाले प्रतिवादीउपर जनही रु १५ हजार ८२३ नपुगी अदालत शुल्क जरिवाना भई हालसम्म उनीहरु फरार रहेका थिए ।
उनीहरूलाई खोजी गर्दै जाँदा कमलामाई-४ स्थितमा बाटोमा फेला पारी निजहरूलाई आवश्यक कारवाहीका लागि अदालत पठाइएको प्रहरीले जनाएको छ ।