पौडेलको अध्यक्षतामा एमाले बागमती प्रदेशले गठन गर्यो संसदीय बोर्ड-Sutra News

पौडेलको अध्यक्षतामा एमाले बागमती प्रदेशले गठन गर्यो संसदीय बोर्ड

बिहिबार, २३ बैशाख २०७८

बिहिबार, २३ बैशाख २०७८

काठमाडौं- नेकपा एमाले बागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा दलको विधान २०७७ को दफा १७ बमोजिम १५ सदस्यीय बोर्ड गठन भएको हो ।



बोर्ड सदस्यमा प्रमुख सचेतक दीपक निरौला (पदेन), अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, विजय सुवेदी, शशीजङ थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी, नारायणबहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल छन् ।

दलको सचेतक र उपनेता पदेन सदस्य रहने व्यवस्था छ । हाल सचेतक र उपनेता रिक्त रहेकोले आवश्यकताअनुसार थप हुने बताइएको छ । 

3..png

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट