राष्ट्रपतिलाई भेटे माधव नेपालले-Sutra News

राष्ट्रपतिलाई भेटे माधव नेपालले

बिहिबार, २३ बैशाख २०७८

बिहिबार, २३ बैशाख २०७८

काठमाडौ- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर पर्केपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।



राष्ट्रपति निवासकाअनुसार अहिले राष्ट्रपति भण्डारी र नेपालबीच छलफल भइरहेको छ ।

यता एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरुबारे अझै एकिन हुन सकेको छैन ।

ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेसँगै मुलुकको राजनीति पुनः तरगिंत भएको छ।

दलहरु आआफ्नै अडान र परिस्थिति अनुसार बैठकहरुलाई तीब्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट