प्रधानको योगदान चीरकालसम्म सम्झने छौं: राष्ट्रपति भण्डारी-Sutra News

प्रधानको योगदान चीरकालसम्म सम्झने छौं: राष्ट्रपति भण्डारी

बिहिबार, २३ बैशाख २०७८

बिहिबार, २३ बैशाख २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांगीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गरेकी छिन् ।



राष्ट्रपति भण्डारीले बिहीबार बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी हुन् ।

‘नेपाली संगीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौं,’ ट्वीटमार्फत राष्ट्रपतिले भनेकी छिन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहीबार अपराह्न ट्वीट गरी मूर्धन्य गायक प्रधानको असामयिक निधनमा दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट