पार्टी एकता जोगाउन लचकता अपनाउने माधव नेपालको उद्घोष, तर यस्तो बटमलाइन-Sutra News

पार्टी एकता जोगाउन लचकता अपनाउने माधव नेपालको उद्घोष, तर यस्तो बटमलाइन

शुक्रबार, २४ बैशाख २०७८

शुक्रबार, २४ बैशाख २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालले यस्तो बताएका हुन् ।



उनले भनेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन ।’

नेपालले २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको बताएका छन् ।

‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट