काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो ।
पिसिआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
ओलीलगायत उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको छ ।
प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत लिने भनेका छन् । त्यसका लागि संसद अधिवेशन आह्वान भइसकेको छ ।
संसद बैठकमा उपस्थित हुने सांसद तथा कर्मचारीलगायतको स्वाब संकलन गरिसकिएको छ ।