उधारो सम्झौता हुन सक्दैनः झाँक्री-Sutra News

उधारो सम्झौता हुन सक्दैनः झाँक्री

शुक्रबार, २४ बैशाख २०७८

शुक्रबार, २४ बैशाख २०७८

काठमाडौं- नेकपा एमाले (खनाल-नेपाल पक्ष) की युवा नेतृ रामकुमारी झाँक्रीले राजनीतिक व्यक्तिले जुनसुकै जोखिम पनि उठाउन तयार हुनुपर्ने बताएकी छिन् ।



उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ ।’

राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताउँदै नेतृ झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने बताएकी छिन् ।

‘राजनीति व्यक्तिगत लेनदेनको मामिला होइन । राजनीतिक विषयमा उधारो सम्झौता पनि हुन सक्दैन । युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्युकाे बराबर सम्भावना हुन्छ ।’

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेर विभाजनको संघारमा रहेका बेला झाँक्रीले पछिल्लो समय विभिन्न राजनीतिक अभिव्यक्ति दिदै आएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट