देवकोटा बने स्वतन्त्र उम्मेदवार-Sutra News

देवकोटा बने स्वतन्त्र उम्मेदवार

शुक्रबार, २४ बैशाख २०७८

शुक्रबार, २४ बैशाख २०७८

काठमाडौं- डा.खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।



उनको प्रस्तावक माओवादी केन्द्र हो भने नेपाली कांग्रेस समर्थक हो । देवकोटाको प्रस्तावमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले रहकी छिन् ।

देवकोटाको उम्मेदवारी दर्ताका लागि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियासहित नेपाल पक्षका नेताहरु नागेन्द्र चौधरी, पुरुषोत्तम पौडेललगायत पनि आयोग कार्यालय गएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट