स्वास्थ्य मन्त्रालयले भन्यो- तत्काल खोप नेपाल आउँदैन-Sutra News

स्वास्थ्य मन्त्रालयले भन्यो- तत्काल खोप नेपाल आउँदैन

शुक्रबार, २४ बैशाख २०७८

शुक्रबार, २४ बैशाख २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदबारे सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



सेरम इन्स्टिच्युट इन्डियाले क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै खरिद गरिएको १० लाख डोज खोप दिने जानकारी गराएको स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले भारतबाट ५० लाख जोड कोभिशिल्ड खोप खरिद गर्ने भनेपनि अब त्यो खोप आउने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।

खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैले निर्णय गर्ने भएकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका समाचारहरुमा सत्यता नरहेको समेत दाबी गरेको छ ।

सेरम इन्स्टिच्युटको कम्पनीमा आगलागी र क्षमता विस्तारमा अवरोध आएकाले क्षमता बिस्तार हुनेबित्तिकै आपूर्ति गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

infor,.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट