काठमाडौं उपत्यकामा एकैदिन ४१०६ जना संक्रमित-Sutra News

काठमाडौं उपत्यकामा एकैदिन ४१०६ जना संक्रमित

शुक्रबार, २४ बैशाख २०७८

शुक्रबार, २४ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रदेश १ मा झापामा २१६ तथा मोरङमा २७३ जना संक्रमित थपिएका छन् । प्रदेश २ मा पर्सामा १३० तथा धनुषामा १०६ जना संक्रमित भेटिएका छन् ।

गण्डकीमा कास्कीमा ३९३, लुम्बिनीमा दाङमा ३६६ तथा रुपन्देहीमा ७३० जना संक्रमित भेटिएका छन् । सुदूरपश्चिममा कैलालीमा सर्वाधिक १२५ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।

त्यस्तै, ५० जनाको मृत्यु भएको छ । हालसम्म ३५ सय ७९ जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट