नुवाकोट- विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृत्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए ।
बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।
नेकपा एमालेबाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताए ।
उनको निधनमा शोकव्यक्त गर्न आज एकदिन नगरपालिकाका १३ वटै वडा कार्यालय बन्द गरियो ।