काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
न्युरो-इन्डोक्राइनको ट्युमर शल्यक्रिया (अपरेसन) का लागि ९ दिनअघि वीर अस्पताल भर्ना भएका नेता भट्टराई आज डिस्चार्ज भएका छन् ।
उनको डा.सुबोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले सफल अपरेसन गरेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि डा.भट्टराईले वीर अस्पतालप्रति राज्यले उपेक्षा गरेको गुनासो गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा.भट्टराईले वीरमा यति सस्तो र स्तरीय सुविधा हुँदाहुँदै कथित भीआईपीहरु किन महंगा निजी अस्पतालमा जान्छन् भनी प्रश्न पनि गरेका छन् ।
देशको जेठो र अग्रणी अस्पताल वीर अस्पतालबाट नवौं दिनमा मेरो शल्यक्रियामा महत्वपूर्ण योगदान गर्नुहुने सबैसंग विदा भएर निवास फर्कदा मनमा उठेका केही तरंग : pic.twitter.com/5DzZAl76jW
— Baburam Bhattarai (@brb1954) May 7, 2021